सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

दाङ, तुलसीपुर

तुलसीपुर–११ कटाहाकी दिवंगत कल्पना डाँगीको ४५औँ दिनको पुण्यतिथिको अवसरमा डाँगी परिवारले मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई भोजन गराएको छ।

कल्पना डाँगीको सम्झनामा परिवारले आश्रममा रहेका १०० भन्दा बढी आश्रितहरूलाई भोजन दान गरेको हो। परिवारले दिवंगतको सम्झनालाई सामाजिक तथा परोपकारी कार्यसँग जोड्दै आश्रममा रहेका सहाराविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको जनाएको छ।

कल्पना डाँगीको गत साउन २१ गते २१ वर्षको उमेरमा तुलसीपुरको गुम्रहा चोकमा तुलसीपुर उपमहानगरपालिकाको टिपरले ठक्कर दिँदा दुःखद निधन भएको थियो।

भोजन दान कार्यक्रममा सहभागी सरु डाँगीले आफ्नी भाउजू कल्पना डाँगीको सम्झनामा आश्रमका आश्रितहरूलाई भोजन खुवाउन पाउँदा पुण्यको काम गरेको अनुभूति भएको बताइन्।

दिवंगत कल्पनाको सम्झनामा परिवारले गरेको मानवीय तथा परोपकारी कार्यप्रति मानव सेवा आश्रम परिवारले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ। साथै, आश्रम परिवारले दिवंगत कल्पना डाँगीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *