स्थापनाकै पहिलो वर्षमा लुम्बिनी स्मार्ट स्कूललाई ऐतिहासिक सफलता: Teachers’ Futsal Tournament को उपाधि कब्जा
तुलसीपुर, दाङ
दाङको तुलसीपुरस्थित लुम्बिनी स्मार्ट स्कूलले स्थापनाको पहिलो वर्षमै उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो पहिलो ट्रफी उचाल्न सफल भएको छ। CNT Press द्वारा आयोजित ‘Teachers’ Futsal Tournament–२०८३’ मा प्रथम स्थान हासिल गर्दै विद्यालयले ऐतिहासिक सफलता दर्ता गरेको हो।
प्रतियोगिताभर उत्कृष्ट रणनीति र अनुशासित खेलको प्रदर्शन गर्दै लुम्बिनी स्मार्ट स्कूलको शिक्षक टोलीले उपाधि आफ्नो नाममा पारेको छ। स्थापनाको सुरुवाती वर्षमै प्राप्त यो जितले विद्यालय परिवारसँगै स्थानीय खेलप्रेमीहरूमा पनि उत्साह थपेको छ।
विद्यालय प्रशासनले यो ऐतिहासिक सफलता सम्पूर्ण विद्यार्थी, खेलाडी शिक्षक-कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूको निरन्तर सहयोग, विश्वास र मेहनतको प्रतिफल भएको बताएको छ। साथै, यस सफलताले आगामी दिनमा शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा पनि अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिलेको विद्यालयले जनाएको छ।

विद्यालय परिवारले विजयी खेलाडी टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।
