श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ
1 min read

श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ

१० वैशाख, दाङ । दाङमा आफनै श्रीमतीको हत्या गरेर फरार भएको आरोपमा प्रहरीले  १ जनालाई पक्राउ गरी आज सार्बजनीक गरेको छ । पक्राउ पर्नेमा  घोराही उपमहानगरपालिका–१२ रतनपुरका ४१ वर्षीय मेघराज केसी रहेका छन्  ।

घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरी फरार रहेका प्रहरीको दाबी छ ।

मेघराजलाई प्रहरीले वैशाख ८ गते राति साढे ९ बजे लुकिछिपी हिँडिरहेको अवस्थामा भानपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।

श्रीमान–श्रीमतीको आपसी विवादका क्रममा आफूले श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरी प्रमुख वलीले बताए ।

आरोपी केसीले वैशाख १ गते राती दश बजेको श्रीमतीलाई हत्या गरी शव घरको बारीमा गाडेका प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *