10 Dec, 2023
1 min read

नवराज विक हत्या प्रकरणको फैसला , २३ जनालाई जन्मकैद

१७ मंसिर, जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा […]

1 min read

आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा

काठमाडौँ । निजी दूरसञ्चार सेवा कम्पनी एनसेलको मातृ कम्पनी आजियाटाले नेपालबाट आफ्नो लगानी झिक्ने घोषणा गरेको छ । मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले नेपालको पछिल्लो आर्थिक दृश्य थप चुनौतीपूर्ण देखिएको बताउँदै आफ्नो लगानी झिक्न लागेको जनाएको हो ।  बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले आफ्नो स्वामित्वको सेयर बेचर छिट्टै नेपालबाट बाहिरिन चाहेको बताएको छ । […]

1 min read

ताप्लेजुङमा योगेश भट्टराई चढेको गाडी तोडफोड

१० मंसिर, विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा […]

1 min read

स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३९ घाइते

९ मङ्सिर, उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै […]

1 min read

दुर्गा प्रसाईंको समूह निषेधित घेरा तोडेर अघि बढेपछि…

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक […]

1 min read

टिकटक कम्पनीको नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र

काठमाडौँ । कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक  बन्द गर्ने निर्णय गरेसंगै  टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ। टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्। पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको सो कम्पनीले जनाएको छ […]

1 min read

कलाकार दिपाशा बीसीको निधन

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले  जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय […]

1 min read

रुकुमको आठविसकोटमा एकै परिवारका ६ सहित १० को मृत्यु

काठमाडौँ — कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए। सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश […]

1 min read

सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु

बाल्टीमोर । जिन हेरफेरपछि सुँगुरको मुटु प्रत्यारोप गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु  भएको छ । मुटु प्रत्यारोपण गरेको ६ हप्तामा  ५८ वर्षका लरेन्स फसेटको मृत्यु भएको हो । शुरुआती दिनमा सुँगुरको मुटुले राम्रोसँग काम गरेको थियो । तर पछिल्ला केही दिनयता भने मुटुले राम्ररी काम गर्न छाडेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले बताएको हो । हर्ट […]

1 min read

सर्वोच्च अदालतको फैसला लगत्तै रिगल भनिने योगराज ढकालले गरे प्रहरी सामु आत्मसमर्पण

काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतको फैसला लगत्तै रिगल भनिने योगराज ढकालले गरे प्रहरी सामु आत्मसमर्पण ।   न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको […]