लायन्स क्लब अफ दाङ क्यापिटलले गर्‍यो घर हस्तान्तरण
1 min read

लायन्स क्लब अफ दाङ क्यापिटलले गर्‍यो घर हस्तान्तरण

दाङ, ६ असार । लायन्स क्लब अफ दाङ क्यापिटलले आगो लागी पीडितको घर निर्माण गरि हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ शिमलखुटि स्थित अग्नि पीडित निर्मला महताराको घर निर्माण गरि आज एक औपचारिक कार्यक्रमका बीच लायन्स क्लब अफ दाङ क्यापिटलले घर हस्तान्तरण गरेको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष मोहनलाल पौडेलले हरेक वडा बासीकै साथमा वडा सरकार रहेको बताएका हुन । आफुले लायन्स क्लब अफ दाङ क्यापिटल संगै समन्वय गर्दा आज घर निर्माण गर्न सफल भएको बताएका हुन । यस्तै आगामि दिनमा पनि क्लबले आफ्नो वडा भित्र गरिने सामाजिक कार्यका लागि वडा संगै स्थानिय सरकार साथमै रहेको समेत बताएका हुन ।

यस्तै कार्यक्रमका सभाध्यक्ष तथा लायन्स क्लब अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसीले आफुहरु आगो लागेर घर जलेको खबर पाएपछि अबलोकन गर्न यस ठाउँमा आएको तर आफुहरुले सोचेको भन्दा फरक दृश्य र घर परिवारको अवस्था निकै कम्जोर पाएपछि आफनो टिमले घर निर्माण गर्दिने निर्णय लिएको अनुरुप नै आफू हरुले घर निर्माण गर्दिएको बताए ।

लायन्स क्लब अफ दाङ क्यापिटलले स्थापना काल देखिनै निस्वार्थ भावनाका साथ सामाजिक कार्य गर्दै आइरहेको बताउदै अहिले भौगोलिक हिसाबले पनि निकै विकट (दुर्गम) मानिने यो ठाउँमा आफ्नो टिमले अग्नि पीडितको घर निर्माण गर्न पाउँदा आफू संगै सिङ्गो टिम खुशी भएको बताएका हुन ।

यस्तै आफुहरुको संचालन गरेको घर निर्माण अभियानलाई आर्थिक संगै भौतिक सहयोग गर्ने वडा नं. १३ लगायत सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

यस्तै अग्नि पीडित निर्मला महताराले आफ्नो कोहि नहुदा आज लायन्स क्लब अफ दाङ क्यापिटल आफ्नो सहारा बनेको बताएकि हुन । केहि समय देखि श्रीमान कारागार हुँदाको पीडा माथी झन आगो लागेर घर संगै वर्षभरि दुःख गरेर उब्जाएको सबै खानेकुरा आगोले खाइदिएको थियो तर आज कल्पनै नगरेको आफ्नो घर निर्माण गर्दिदा आफू धेरै खुशी भएको भन्दै क्लबलाई विशेष धन्यवाद समेत व्यक्त गरेकि हुन ।

यस्तै नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरीले लायन्स क्लब अफ दाङ क्यापिटलले गरेको यो कार्य नै महान कार्य भएको बताएकि हुन । समाजमा सकारात्मक प्रभाव छार्न क्लबले खेलेको हरेक भुमिकालाई अझ माथी उठाउन संचार क्षेत्रबाट आफूहरु सधै साथमा रहेको प्रतिबद्धता समेत व्यक्त गरेकि हुन ।

लायन्स क्लब अफ दाङ क्यापिटलका द्वितीय उपाध्यक्ष डम्बर केसीको स्वागत मन्तव्यबाट सुरु भएको घर हस्तान्तरण कार्यक्रमको सहजिकर कोषाध्यक्ष प्रकाश भुसालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *