आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका वेदबहादुर बुढा
दाङ,१२ चैत ।
मलेसियामा आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका सल्यानका २१ वर्षीय वेदबहादुर बुढाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृतकका काका परशुराम बुढाले मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी गराए ।
कपुरकोट गाउँपालिका–३, दमारखोलाका २१ वर्षीय वेदबहादुर बुढाको गत आइतबार राती उनकै साथीले हत्या गरेको खुलेको हो । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि मलेसिया गएका बुढाको भालुमारेका २५ वर्षीय चोपीलाल डाँगीले चक्कु प्रहार गरी उनको हत्या गरेको पत्ता लागेको कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्काले बताए ।

हत्या गर्ने डाँगीसहितका केही युवालाई मलेसिया प्रहरीले नियन्त्रणमा लिएको छ । आपसी विवादका कारण हत्या भएको बताइएको छ । मृतकका काका परशुराम बुढाले मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी गराए ।
