आज दीन भरी बीजुली बत्ती नआउने
1 min read

आज दीन भरी बीजुली बत्ती नआउने

दाङ, २३  भदौ ।
तुलसीपुर क्षेत्रमा आज शनिबार  विधुत  लाइन कटौति गरिने भएको छ । तुलसीपुर कार्यक्षेत्र भित्र पर्ने विधुत लाइन वरिपरीको रुखका हाँगाबिगा र रुख काट्ने भएकाले लाइन कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशेलीका अनुसार भोलि बिहान १० बजे देखि साझ ५ बजेसम्म विद्युत सेवा अबरुद्ध हुने भएको छ ।

 

तुलसीपुर क्षेत्र अन्तरगत पर्ने हापुरे-तुलसीपुर ३३ केभि, एयरपोर्ट, कृष्ण मन्दिर, फूलबारी, मानपुर, बिजौरी, बालापुर, सुकौरा र भमके फिडर पर्ने तुलसीपुर उपमहानगर, शान्तीनगर गाउँपालिका, बबई गाउँपालिका, दंगिशरण गाउँपालिका लगायतर सबै क्षेत्रको विद्युत सेवा अवरुद्ध हुने प्रमुख गोशेलीले बताउनुभयो ।

यस्तै रुखका हाँगाबिगा र रुख काट्ने काम सकिएपछि विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *