आफ्नै घरमा आगो लगाएको आरोपमा गुल्मीबाट एक जना पक्राउ
1 min read

आफ्नै घरमा आगो लगाएको आरोपमा गुल्मीबाट एक जना पक्राउ

सर्वत्र आगलागी भएको खबरहरु आइरहदा गुल्मीमा भने आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।

गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई प्रहरीले आफ्नै घरमा आगो लगाएको आरोपमा पक्राउ गरेको हो।

आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिए। परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएको डिएसपी पोखरेलले बताए ।

आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, समेत जली घर पूर्ण रुपमा क्षति भएको छ । गुल्मीमा पछिल्लो एक सातामा आगलागीबाट झण्डै एक सय घरगोठ र त्यत्तिकै संख्यामा पशु चौपाया मरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *