सुनचादी पशल मा गोली चलाउने सार्बजनिक
1 min read

सुनचादी पशल मा गोली चलाउने सार्बजनिक

दाङ :  गत मङ्सिर २० गते दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने अभियुक्तलाई दाङ प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत बंगलाचुली गाउँपालिका–४, काभ्रे निवासी ३३ वर्षीय लेखराज केसीलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार केसीलाई शुक्रबार बिहान करिब ७ बजे राजपुर गाउँपालिका–१ स्थित मारुनी खोलाको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो। घटनासम्बन्धी थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *