अब फिल्म हेर्न बाहिर जानु पर्दैन ! तुल्सीपुरमै २० करोडको लगानीमा अत्याधुनिक सिनेमा हल निर्माण हुँदै
1 min read

अब फिल्म हेर्न बाहिर जानु पर्दैन ! तुल्सीपुरमै २० करोडको लगानीमा अत्याधुनिक सिनेमा हल निर्माण हुँदै

नबीन वली तुल्सीपुर, दाङ — दाङको तुल्सीपुर उपमहानगरपालिका– तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँमा करिब २० करोड लागतमा अल नेपाल सिनेमा घर निर्माण हुन लागेको हो ।

 स्थानिय लगानीकर्ता र व्यवसायीको संयुक्त पहलमा अघि बढाइएको यस परियोजना अन्तर्गत दुई पर्दा तथा ५०० बस्ने क्षमता भएको आधुनिक फिल्म हल बनाउने निर्णय गरिएको छ । तुलसीपुर निवासी बसन्त लम्साल र अनिल बुढाथोकीले अल नेपाल सिनेमा घर निर्माण गर्न लाग्नुभएको हो । चलचित्र हेर्ने दर्शकका लागि उच्चस्तरिय पर्दा र साउण्ड सिस्टमसहितको अल नेपाल सिनेमा घर निर्माण हुन लागेको हो ।

उक्त सिनेमा हलमा उच्चस्तरीय भिडियो र ध्वनि प्रणाली सहित डिजिटल प्रोजेक्टर जडान गरिने बताइएको छ। निर्माण कार्य इन्टरियर डिजाइन, आरामदायी सिट व्यवस्था र अन्य सुविधासहित गरी तीव्र गतिमा कार्य अघि बढाउने  र हलको सञ्चालन आगामी दशैंको समयमा सुरु गर्ने लक्ष्य राखिएको छ।

“नयाँ सिनेमा हलले तुल्सीपुरलगायत आसपास क्षेत्रका चलचित्र प्रेमीलाई सहज मनोरन्जन सुविधा उपलब्ध गराउनेछ। हामी प्रतिस्पर्धात्मक सेवा र उत्कृष्ट अनुभवका लागि तयार छौँ।”

यो सिनेमा हल उद्घाटनसँगै तुल्सीपुरका चलचित्रप्रेमीहरूले छिमेकी शहर जानुपर्ने बाध्यता हट्नेछ र स्थानीय स्तरमै मनोरञ्जन प्राप्त गर्न सकिने विश्वास छ

आज एक औपचारीक कार्यक्रमको आयोजना गरी सो बीसयको जानकारी गरईयाको हो

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले तुलसीपुरमा सिनेमा हल संचालनमा आउँदा अर्थतन्त्र थप चलायमान हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *