तुलसीपुरमा “पकवान चुलो” र “तुलसिमा समोची” को भव्य उद्घाटन, २० भन्दा बढीले पाए रोजगारी
1 min read

तुलसीपुरमा “पकवान चुलो” र “तुलसिमा समोची” को भव्य उद्घाटन, २० भन्दा बढीले पाए रोजगारी

युवा व्यवसायी दिपक खड्का को एकल लगानीमा स्थापना गरिएको बिमलादी हस्पिटालिटी प्रा. लि. अन्तर्गत सञ्चालित  पकवान चुलो  तथातुलसिमा समोची को आज एक विशेष कार्यक्रमका बीच भव्य रूपमा शुभ उद्घाटन गरिएको छ।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गत मदन आश्रित चोक नजिकै सञ्चालनमा आएको उक्त व्यवसायिक प्रतिष्ठानको औपचारिक उद्घाटन आज सम्पन्न भएको हो। स्थानीयस्तरमै गुणस्तरीय खानपान सेवा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको पकवान चुलोतुलसिमा समोची ले सुरुवातसँगै रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिष्ठानमा हाल २० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। व्यवसाय सञ्चालनसँगै स्थानीय उत्पादनको प्रवर्द्धन तथा आर्थिक गतिविधि बढाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटनको अवसरमा सञ्चालक दिपक खड्का लाई हार्दिक बधाई तथा सफल व्यवसायिक यात्राको शुभकामना व्यक्त गरिएको छ। स्थानीयवासी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रतिष्ठानले ग्राहकलाई स्वादिष्ट तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

तुलसीपुरमा नयाँ स्वाद र आतिथ्य सेवाको केन्द्रका रूपमा स्थापित हुने लक्ष्यसहित सञ्चालनमा आएको  पकवान चुलो   तथा तुलसिमा समोची ले स्थानीय बजारमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *