लोकप्रिय गायिका/सर्जक टिका सानु राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सदस्य (महिला तर्फ) पदमा उम्मेदवार
1 min read

लोकप्रिय गायिका/सर्जक टिका सानु राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सदस्य (महिला तर्फ) पदमा उम्मेदवार

लोकप्रिय नेपाली लोक तथा दोहोरी गायिका एवं सर्जक टिका सानु राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९ औँ केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य (महिला तर्फ) पदका लागि उम्मेदवार बनेकी छन्।

“हाम्रो अभियान, लोक संस्कृति संरक्षण, अध्यक्षको सम्मान, स्रष्टा प्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको महाधिवेशनमा सानुले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९औँ केन्द्रीय महाधिवेशन २०८३ असोज २२ गतेदेखि २४ गतेसम्म बर्दिबासमा आयोजना हुँदैछ।

नेपाली लोक दोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय रहेकी टिका सानुले आफ्नो मौलिक गायकी, सिर्जना र प्रत्यक्ष दोहोरी (लाइभ दोहोरी) मार्फत आम दर्शक तथा श्रोताको मन जित्न सफल भएकी छन्। प्रतिष्ठानको संस्थागत सुदृढीकरण तथा लोक संस्कृति र स्रष्टाहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सम्पूर्ण सदस्यहरूलाई अत्याधिक बहुमतले विजयी गराउन अपिल गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *