आज पहाडी भू-भागहरूमा आंशिक बदली
1 min read

आज पहाडी भू-भागहरूमा आंशिक बदली

दाङ,
१९-माघ/ देशका पहाडी भू-भागहरूमा आंशिक बदली भएको छ भने आज अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नं। १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

मौसममा आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने न्यून रहेको छ । शुक्रबार दिउँसो पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने प्रदेश नं। १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो प्रदेश नं। १ लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ । राति प्रदेश नं। १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागहरूमा पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भाग सामान्यतया सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *