१० संस्थाले गरे ज्योति मगरको कार्यक्रम बहिष्कार
1 min read

१० संस्थाले गरे ज्योति मगरको कार्यक्रम बहिष्कार

काठमाडौं । गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गरेको उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।

नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुन पनि उनीहरुले आग्रह गरेका छन् । मेला महोत्सव र सांस्कृतिक कार्यक्रममा मगरले गाउने गीत र नृत्यले नेपाली मौलिक कला संस्कृतिको पक्षमा सुखद सन्देश दिन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसरी विज्ञप्ति जारी गर्नेहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद्, सांस्कृतिक संरक्षण मञ्च, नेपाल सांस्कृतिक संघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्त जनसांस्कृतिक अभियान, अर्घाखाँची सांस्कृतिक परिवार र लोकसंस्कृति संरक्षण अभियन्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *