कसले कसले जीतेत दोहोरीगीत प्रतिष्ठानको चुनाव ?
1 min read

कसले कसले जीतेत दोहोरीगीत प्रतिष्ठानको चुनाव ?

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा निर्वाचित भएका छन् ।

उपाध्यक्षको प्रतिस्पर्धामा शंकर बीसी र चोलेन्द्र पौडेल पराजित भए ।

सचिव खुल्लातर्फ देवी घर्ती, युवराज मगर र महेन्द्र गौतम निर्वाचित भएका छन् । यो प्रतिस्पर्धामा विमल अधिकारी र कृष्णआँशु विश्वकर्मा पराजित भए । सहकोषाध्यक्षमा सम्झना लामिछाने र ईश्वरीप्रसाद भुसाल निर्वाचित भए ।

महिला सदस्यतर्फ सम्झना भण्डारी, कला लम्साल, उषा सुवेदी, करिश्मा ढकाल, स्मृति तिमिल्सना, जालुमाया गुरुङ र सुशिला गौतम निर्वाचित भए । खुल्ला सदस्यतर्फ शान्तीश्री परियार, रविन लामिछाने, खेम सेन्चुरी, मनमाया वाइवा, कुमार पुन मगर, रीना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी, श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बालचन्द्र बराल, दिनेश काफ्ले, कुशल बेल्वासे र रेशम निर्दोष निर्वाचित भएका छन् ।

कमेडी च्याम्पियनका प्रतियोगी खड्गबहादुर पुन (खबपु) सदस्यको प्रतिस्पर्धामा पराजित भएका छन् । महाधिवेशनबाट रीता थापा मगर सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भइन् भने पशुपति शर्मा वरिष्ठ उपाध्यक्ष, रामजी खाँण प्रथम उपाध्यक्ष, राधिका हमाल महिला उपाध्यक्षको रुपम निर्वाचित भएका छन् । धादिङबेसीमा तीन दिनदेखि चलेको महाधिवेशन आइतबार सकिएको छ ।

तस्वीर : गोपीकृष्ण चापागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *