तुलसीपुरमा पिकअप गाडीले अटोलाई ठक्कर दिदा दुई जना घाइते
तुलसीपुरको बाहिनी चोकमा बिहान ८ बजेतिर पिकअप जीपले अटोलाई ठक्कर दिदा दुई जना घाईते भएका छन। तुलसीपुर देखि जस्पुर तर्फ आउदै गरेको लु २ च २७३७ नम्बरको पिकअप गाडीले रा १ स ४५७७ नम्बरको अटोलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घाइते दुबैजना पैदल यात्री रहेको प्रहरीले जनाएको छ।
दुर्घट्नामा परी घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ ललौरा निवासी ४० बर्षिया निमा ओलि र सल्यान छत्रेस्वरी गाउँपालिका वडा नम्बर २ निबासी २४ बर्षिय चुडामणी ओलि रहेको प्रहरीले जानकारी दिएको छ।
घाईते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ। पिकअप गाडि र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
