दाङमा खोलामा डुबेर एकजनाको मृत्यु
1 min read

दाङमा खोलामा डुबेर एकजनाको मृत्यु

दाङको तुलसीपुरमा  खोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर १७ बनकट्टाका तिलबहादुर रावतकि छोरी १४ बर्षिया चेतना रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।

आज दिउँसो करिब २ः३० बजे तुलसीपुर १७ संग्राम र हापुर खोलाको दोभान बिचको भागमा नुहाउने क्रममा डुबेर गम्भिर घाईते हुनुभएको हो । घाईते रावतलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा अपरान्ह करिब ३ः३० बजे मृत्यु भएको उहाँले बताउनुभयो । शवलाई पोष्मार्टमका लागि सोही अस्पतालमा राखिएको उहाँले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *