बस र कार एक आपस मा ठोकीदा २ जनाको मिर्त्यु
1 min read

बस र कार एक आपस मा ठोकीदा २ जनाको मिर्त्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं. को बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नं.को कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका– ५ बस्ने  करिब ५४ वर्षीया डा. सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *