समयसिमा तोकेर काम गर्न स्वास्थ्य मन्त्री खनालको निर्देशन
1 min read

समयसिमा तोकेर काम गर्न स्वास्थ्य मन्त्री खनालको निर्देशन

दाङ :  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरि काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । मन्त्रालयमा भएको कर्मचारी सहितको बैठकमा मन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरि समयसिमा तोकेर काम गर्न आग्रह गरे ।

चालू आर्थीक वर्षदेखी सुरू हुने गरि मन्त्रालयले ल्याएका कार्यक्रम कार्यान्वयनका लगी आबश्यक केही कार्यविधी अझै सम्म नबनेको प्रती असन्तुष्टी ब्यक्त गर्दै स्वास्थ्य मन्त्री खनालले सबै कार्यविधी तीन दिन भित्र बनाइसक्न निर्देशन दिए । ‘ जिम्मेवारीमा रहेका काम समयमै सम्पन्न गर्नुस, कुनै पनि काम पेण्डिङमा नराख्नुस, यहाँ काम गर्ने मन छैन भने भन्नुस अन्यत्र जाने ब्यबस्था म गरिदिन्छु ,‘ उनले भने ।

प्रदेशमा रहेका सबै मन्त्रालय मध्ये सबै भन्दा उत्कृष्ट काम गर्ने मन्त्रालयको रूपमा स्वास्थ्य मन्त्रालय बन्नुपर्ने भन्दै मन्त्री खनालले स्वास्थ्य संस्था स्थापना सञ्चालन नविकरण तथा स्तरोन्नतीको प्रकृया सुरू गर्न पनि निर्देशन दिए । स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले जिम्मेवारी अनुसारको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *