दाङमा चिप्लिएर खोलामा खस्दा सैनिक थापाको मृत्यु
1 min read

दाङमा चिप्लिएर खोलामा खस्दा सैनिक थापाको मृत्यु

दाङ, १० कार्तिक । दाङको लमहीमा चिप्लिएर अर्जुन खोलामा खस्दा १ जना सैनीकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम केसिले लमही नगरपालिका ६ देउपुरमा रहेको रणसिंह दल गणका ३० वर्षीय लेस नायक शीतल थापा पिसाब फेर्न गएको बेला चिप्लिएर खस्दा मृत्यु भएको जानकारी दिए । लमजुङ जिल्ला मध्य नेपाल नगरपालिका–९ घर भएका थापा उक्त गणमा कार्यरत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *