
जाजरकोट सदरमुकाममै खुला आकाशमुनि गर्भवती १० दिनको बच्चा र भूकम्प पीडितहरु
भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहारेको जाजरकोटका दुर्गम क्षेत्र मात्र होइन, सदरमुकाम खलाङ्गामा समेत मानिसहरु खुला आकाशमुनि बस्न बाध्य छन् ।
जिल्लाका दुर्गम गाउँहरुमा पीडितहरु त्रिपाल समेत नपाएर खुला आकाशमुनि रात काट्न बाध्य त छन् नै, सदरमुकाम खलाङ्गामा समेत पीडितहरु खुला आकाशमुनि बसिरहेका छन् । चिसोमा बाहिर बस्नु पर्दाको दुःख त छदैछ, उनीहरुलाई खाद्यान्नको समेत अभाव हुँदैछ ।
जाजरकोट सदरमुकामको गैरीखाली बजारमा रहेको खाली स्थानमा गर्भवती र १० दिनको बच्चा लिएर बसेका छन् ।
सदरमुकाम आसपास थुप्रै पक्की घर भएपनि शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पले घरहरु चर्किएका छन् । त्यसमाथि सोमबार पनि ५.८ रेक्टर स्केलको भूकम्प जाँदा थप क्षति हुँदा मानिसहरु बाहिर निस्किएका छन् ।