यात्रुबहाक बस रुपन्देहीमा दुर्घटना हुँदा २० जना घाइते
1 min read

यात्रुबहाक बस रुपन्देहीमा दुर्घटना हुँदा २० जना घाइते

दाङ, १ मंसिर । दाङबाट काठमाडौँ जाँदै गरेको यात्रुबहाक बस रुपन्देहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । दाङबाट काठमाडौँ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको यात्रुबाहक बस गएराति देवदह नगरपालिका– ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।

घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उक्त बसमा ३८ जना यात्रु सवार रहेका थिए । बस सडकबाट करिब ५ मिटर तल पल्टिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *