प्रहरी सहायक हवल्दारको चट्याङले लागेर मृत्यु
1 min read

प्रहरी सहायक हवल्दारको चट्याङले लागेर मृत्यु

पाँचथरमा चट्याङ लागेर सहायक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए।

पानी र चट्याङ परिरहेको बेला गस्तीमा गएर फर्किए पछि मोरङ ग्रामथान गाउँपालिका वडा नम्बर ४ घर भएका सहायक हवल्दार ३५ वर्षीय माझीलाई मंगलबार राति १० बजे ब्यारेकको ढोकामा उभिइरहेका चट्याङले लागेको प्रहरीले बताएको छ।

चट्याङले लागेर गम्भीर घाइते भएका उनलाई शुरुमा प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारर त्यसपछि थप उपचारका लागि पाँचथर जिल्ला अदालतमा लगिएकोमा उपचारको क्रममा मध्यराति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव पोष्टमर्टमको लागि अस्पतालको शव गृहमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *