२७ विद्यार्थी, २६ शिक्षक, वार्षिक २ करोड बढि तलब खर्च
दाङ : नेपाल संस्कृति विश्वविद्यालय विद्यापीठ बेलझुण्डी दाङमा आचार्य अर्थात ( डिग्री ) अन्तर्गत ७ वटा विषयमा पढाइ हुन्छ । जसमा पहिलो वर्षमा १५ जना र दोस्रो वर्षमा १२ जना विद्यार्थीहरू रहेका छन्, भने प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी २६ जना रहेका छन् । यस्तै अन्य ७ जना कर्मचारीहरू रहेका छन् । जसमा वार्षिक २ करोड बढि तलब खर्च हुन्छ, भने २७ जना विद्यार्थीहरू पनि नियमित पढ्न आउँदैनन् । विद्यापीठमा साहित्य, व्याकरण, ज्योतिष, धर्मशास्त्र, इतिहास पुराण, न्याय, सिद्धान्त गरी ७ विषयको पढाइ हुन्छ, भने पढ्ने विद्यार्थीहरूले मासिक एक हजार छात्रवृत्ति समेत पाउने गरेका छन् ।
विद्यापीठमा दाङ लगायत बाहिरी जिल्ला विद्यार्थीहरू आचार्य पढ्दै आएका छन् । बर्दियाबाट इतिहास पुराण विषयमा पढ्न आएका डिल्ली प्रसाद रिजालले विद्यापीठमा सबै कुरा राम्रो भएयता पनि नियमित रुपमा विद्यार्थीहरू नआउने गरेको गरेको बताए । उनले भने,‘ म आचार्य प्रथम वर्षको विद्यार्थी हुँ ! इतिहास पुराण पढ्दै आएको छु । यहाँ सबै कुरा राम्रो भएयता पनि विद्यार्थीहरू नियमित आउनेमा कमी देखेको छु । यहाँ हुने पढाइलाई निरन्तरता दिन जरुरी छ ।’ यस्तै उनले आफू शिवालयमा बस्दै आएको र यहाँ पढ्न बेलामा सम्म बस्ने र अनि घर जाने गरेको पनि बताए ।