फरक विषयवस्तुमा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक
1 min read

फरक विषयवस्तुमा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक

काठमाडौँ २८चेैत, शहरिया जीवनको कथा व्यथामा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक भएको छ। सहरमा घटेका घटनाहरूलाई र घट्न सक्ने सम्भावित घटनाहरूलाई कथामा उतारिएको देख्न सकिन्छ लफङ्गा नामक हास्य टेलिसरियल लेखान्त अफिसियल नामक युट्युब च्यानलबाट हरेक हप्ताको मंगलबार बेलुका ६ बजे आउने गरेको कलाकार तथा लेखक निर्देशक लेखान्त भुसालले हामीलाई जानकारी दिनुभएको छ विशेष गरी सहरमा विभिन्न टोलेगुण्डा टिम समूहहरूले ज्यान मार्ने धम्की दिने ललाई फकाई गरी लुट्ने जस्ता अराजक गतिविधि गर्दै आएकोले उक्त गतिविधिलाई सन्देशमूलक तरिकाले लफङ्गा नामक टेली सिरियल प्रसारण गरेको लफङ्गामा अभिनय समेत गरिरहेका कलाकार निर्देशक रमेश बुढा मगरले जानकारी दिनुभयो लम्साल डेरीको प्रस्तुतिमा प्रसारणमा लफङ्गा सिरियलमा कलाकारहरू लेखान्त भुसाल रमेश बुढा मगर निरज पन्त हेमराज लम्साल रमेश ओली पवन कार्की अमृत थापा अनिस थापा दिनेश अधिकारी बाल कलाकार युनिशा पन्त लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। उक्त लफङ्गा हाँस्य टेलिसरियलको लेखक सुनिता पन्तले गर्नुभएको छ भने क्यामरामा शिव बि क हुनुहुन्छ । व्यवस्थापनमा युनिस स्टेशनरी गिफ्ट शव रहेको छ। लफंगा सिरियलको निर्देशक लेखान्त भुसाल , रमेश बुढा मगरले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *