दुध बेचेर घर फर्कदै गर्दा नदीले बगाउदा एक जना बेपत्ता
1 min read

दुध बेचेर घर फर्कदै गर्दा नदीले बगाउदा एक जना बेपत्ता

दाङ,  २२ असार ।
दुध बेचेर घर फर्कदै गर्दा राप्ती नदीले बगाउदा एक जना बेपत्ता भयका छन् भने बाढीमा फसेकामध्ये दुईजनाको उद्धार गरिएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको हो ।

राजपुर गाउँपालिका वडा नम्बर २ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए। तीन जनासँगै रहेपनि एक जनालाई बाढीले बगाएको हो भने दुई जना सिमलको रुखमा चढेका थिए। नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए।

राजपुर गाउँपालिका वडा नम्बर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्दार गरिएको हो। उनीहरूसँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *