तुलसीपुर ११ ले घिउ र भाले  दिने
1 min read

तुलसीपुर ११ ले घिउ र भाले दिने

दाङ :  तुलसीपुर उपमहानगरपालिका   ११ ले सुत्केरीलाई भाले र मान्छेको मृत्यु पछि उनका परिवारका सदस्यलाई घिउ दिने नीति अख्तियार गरेको छ । वडाका सुत्केरी महिला हरेकलाई एक हजार पाँच सय बराबरको भाले उपहार दिने नीति लिइएको छ । तर, २० वर्ष भन्दा कम उमेरका आमाहरू सुत्केरी भए त्यो उपहार नपाउने वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए ।

त्यस्तै मानिसको मृत्यु पछि मृतकका परिवारका सदस्यलाई वडा कार्यालयले एक केजी घिउ उपलब्ध गराउने भएको छ । जनप्रतिनिधि आफै घरमा पुगेर ती सामाग्री उपलब्ध गराउने वडाध्यक्ष रावतले जानकारी दिए ।वडा कार्यालय जनताको सबै भन्दा नजिकको सरकार भएकोले जनताको सुख दुःखमा उपस्थिति हुने नीति अन्तरगत सुत्केरीलाई भाले, मृत्यु संस्कार पछि घिउ दिने नीति अख्तियार गरेको वडाध्यक्ष रावतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *