दाङमा करेन्ट लागेर ओलीको निधन
1 min read

दाङमा करेन्ट लागेर ओलीको निधन

दाङ, १९ साउन । तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११  पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलिको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरक्षक प्रकाश थापाले जानकारी दिएका छन ।

ओलिले आफ्नो घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट  हुनगइ दायाँ हातमा करेन्ट लागेको थियो। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचरको क्रममा मृत्यु भएको हो । ओलिलाई शनिबार दिउसो एक बजेतिर करेन्ट लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *