तुलसीपुरका दुईसहित ३ जनाको बाँके दुर्घटनामा मृत्यु
दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस आज मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टियको छ । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा बस अनियन्त्रित भई पल्टिँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मृत्यु हुनेमा गाडीका सह–चालक दाङको तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल, तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र घोराहीका विमल राई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो । दुर्घटनामा २६ जना घाइते भएका छन् ।

घाइतेहरूको नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।।
