तुलसीपुरमा भोलिदेखि एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने
1 min read

तुलसीपुरमा भोलिदेखि एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने

दाङ :  तुलसीपुरमा एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । असोज १४ गतेदेखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने विभिन्न ३३ केभी  र ११ केभी  फिडरहरूमा आवश्यक मर्मत र फिडर वरपरका रुखका हाँगा तथा रूखहरू काट्नुपर्ने भएकाले  सेवा अवरुद्ध हुने  बताइएको छ ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले आइतबार एक  सूचना जारी गरी विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *