मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
५ कात्तिक ।

जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको बताइएको छ ।
हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ ।
देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना पनि रहेको बताइएको छ भने आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै हल्का हिमपातको सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
