क्लबको वार्षिकोत्सबको अवसरमा पौराणिक धार्मिक मेला संचालन हुँदै
1 min read

क्लबको वार्षिकोत्सबको अवसरमा पौराणिक धार्मिक मेला संचालन हुँदै

कात्तिक २५ , दाङ

तुलसीपुर उपमहानगरपालिका वडा नं.३ कल्लेमा कात्तिक २७ गरे हरिबोधनी एकादसिको दिन पौराणिक धार्मिक मेला संचालन हुँन लागेको छ।

नवज्योति संस्कृति युवा क्लब तुलसीपुर ३ कल्लेको आयोजनामा हरिबोधनी एकादसिको दिनपारी पौराणिक धार्मिक मेला संचालन हुँन लागेको नवज्योति संस्कृति युवा क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिनु भएको हो ।

परम्परागत रुपमा चल्दै आइरहेको पौरानिक धार्मिक मेलालाई बचाइ राख्न आफुहरुले भैलो कार्यक्रम संचालन गरी क्लबको २२ औं वार्षिकोत्सब अवसरमा कार्यक्रम संचालन गर्न लागेको समेत अध्यक्ष रोकाले बताएका हुन् ।

उक्त कार्यक्रममा आयोजना गरीएको खुल्ला भलिबल कात्तिक २५ र २६ गते चल्ने छ भने २७ गते राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा संस्कृति कार्यक्रम रहेको आयोजकले जानकारी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *