समाजसेवी डाँगीको पहलमा बिरामी वलीलाई अमेरिका बाट आयो आर्थिक सहयोग
1 min read

समाजसेवी डाँगीको पहलमा बिरामी वलीलाई अमेरिका बाट आयो आर्थिक सहयोग

६ कात्तिक दाङ

लामो समय देखी बिरामी रत सल्यान जिल्ला त्रीवेनी गाउँपालीका वडा नं.३ टोट्के निवासी जेब बहादुर वलीलाई अमेरिका बाट आर्थिक सहयोग आएको छ।

त्रीवेनी गाउँपालीका वडा नं.३ का निवर्तमान वडा सदस्य समाजसेवी व्यक्ती रेमन्त बहादुर डाँगीको पहलमा अमेरिका बाट आएको रकम आज राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारत वली लाई हस्तान्तरण गरिएको हो।

रकम हस्तान्तरण गर्दै डाँगीले लामो समय देखी बिरामी हुनुहुन्छ भन्ने खबर आफुले सुने पछि भेट्नको लागि हस्पिटल गएको र सबै कुरा बुझ्दा आइसियुमा राखेर उपचार गर्नु पर्ने अवस्था भएको तर आर्थिक अभावको कारण नर्मल वाडमा राखेर उपचार गरिरहेको दर्दनक पिडा थाहापाएपछि आफुले प्रदेशमा रहेका दाजुभाइ संग छलफल गरि अर्थिक सहयोग संकलन गरिएको बताए ।

हिजको दिनमा गाउँ समाजमा अग्र पतिका रुपमा रै आफ्नो गाउँ समाजलाई एक ढिक्का गराउन सक्ने क्षमता भएका अग्रज व्यक्ति आज यो अवस्थामा आउँनु दुख्द रहेको भन्दै आफुले सकेको पहल गरेको समेत बताएका हुन्  ।

यस्तै उपचारत वलीले आफु दुई महिना भन्दा लामो समय देखी बिरामी भएको बताउदै अहिले आफुलाई यो दुखमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका हुन् ।

  • रेमन्त डाँगीको पहलमा त्रिवेदी गाउँपालिका वडा नम्बर ३ पिमखोला निवासी हाल अमेरिकामा रहेका केशव बुढाले रु.२०२९२(बीस हजार दुई सय बयानब्बे) धर्मराज वलीले रु.१३३५०(तेर हजार तीन सय पचास) चन्द डाँगीले रु.१३०००(तेर हजार) ठाकुर प्रसाद डाँगीले रु.१३०००(तेर हजार) तिलक डाँगीले रु.१४०१७(चौध हजार सत्र) लक्ष्मण डाँगीले रु.१४०१७(चौध हजार सत्र) अर्जुन बुढाले रु.६६७५(छ हजर छ सय पचास) त्रीवेनी ५ पोखरी निवासी हाल अमेरिकामा रहेका सुमन डाँगीले रु.१५५५५(पन्ध्र हजार पाच सय पच्पन्न) तुलसीपुर दाङ निवास हाल अमेरिकामा रहेका असलाम वलीले रु.१३३५०(तेर हजार तीन सय पचास) कपुरकोट गाउँपालिका वडा नम्बर ३ गाढापानी निवासी हाल अमेरिककामा रहेका दिनेश डाँगीले रु.१३३५०(तेर हजार तीन सय पचास) गरि जम्मा रु.१३६६०६ (एक लाख छत्तीस हजार छ सय छ) नेपाली रुपैयाँ रेमन्त बहादुर डाँगी र मानव जि.एमले अस्पतालमै पुगी बिरामी उपचाररत जेब बहादुर वलीलाई हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *