रक्तदान मानव सेवाको उच्चतम रूप भन्दै तुलसीपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न
1 min read

रक्तदान मानव सेवाको उच्चतम रूप भन्दै तुलसीपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

 

कात्तिक ५ तुलसिपुर, दाङ
लायन्स क्लब अफ दाङ क्यापिटलले रेडक्रस तुलसिपुर शाखामा देखिएको रक्त अभावलाई सम्बोधन गर्न बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आज सफलतापूर्वक सम्पन्न गरेको छ।

रक्तदान कार्यक्रमका बोल्दै प्रमुख अतिथि सुरेश हमालले रक्तदानको महत्त्वबारे प्रकाश पार्दै समाज सेवामा यस्ता कार्यक्रमले पुर्‍याउने योगदानबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उहाँले “रक्तदान जीवन बचाउने महान कार्य रहेको भन्दै सहभागी लगायत आयोजक टिमको प्रशंसा गर्नुभएको थियो ।

यस्तै क्लबका अध्यक्ष भिम प्रकाश ओलिले कार्यक्रममा उपस्थितहरूलाई सम्बोधन गर्दै रक्तदान मानव सेवाको उच्चतम रूप भएको बताउनुभयो। पछिल्लो समय तुलसीपुरमा रक्त अभाव हुँदै र सेवाग्राही बढ्दै गइरहेको समस्यालाई मध्यनजर गर्दै आफुहरुले कार्यक्रमको आयोजना गरेको बताए।
उहाँले रक्तदाता र कार्यक्रम सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै यस्तो अभियानलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो।

यस्तै रेडक्रस तुलसिपुर शाखाका प्रतिनिधिहरूले क्लबको यस प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमको नियमित आयोजना गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। कार्यक्रमले स्थानीय रक्त अभाव पूर्तिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको समेत बताइएको थियो ।

उक्त रक्तदान कार्यक्रममा स्थानीय समुदाय, विभिन्न संघ–संस्था, र क्लबका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।भने कार्यक्रमको सञ्चालन क्लबका सचीव प्रकाश भुसालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *