
तुलसीपुर दाङमा “सामूहिक बलात्कार” तीन जना पक्राउ
केवी वली दाङ
पुष २०
दाङ को तुलसीपुरमा सामुहिक बलात्कारको आरोपमा तिनजना पक्राउ परेका छन् ।
पुष १३ बेलुका अन्दाजी ५ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।
१४ वर्षीय बालिका लाई फकाई स्कुटीमा बसाली टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगे पश्चात उक्त स्थानमा आएका ३ जना ब्यक्तिहरुले निज पिडितलाई चारै तिरबाट घेरा हालेको र १ जनाले समाती तिमीसंग सल्लाह भएको बताउदै उक्त स्थानबाट केही पर जंगलमा लगी जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभएको हो।
जबरजस्ती करणी गर्ने कार्यमा २ जनाले पुर्ण रुपमा सहयोग गरेको र २ जनाले जबरजस्ती करणी गरेको हुँदा निजहरु मध्ये ३ जनालाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको र १ जना फरार रहेकोमा खोजतलास भई रहेको समेत जानकारी दिनुभएको हो।