
महोत्सवको को रौनक ले दर्शक तान्दै ,प्रथम दंगीशरण महोत्सव : भोलि लोकदोहोरी गायक खाँण र रेग्मी आउँदै
दाङ : गत पुस २८ गतेदेखि दंगीशरण गाउँपालिका ६ ठन्डी बजारमा सञ्चालित प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारिक महोत्सवको पाचौँ दिन बिहीबार राष्ट्रिय लोक लोकदोहोरी गायक रामजी खाँण , गायक प्रकाश रेग्मी लगायतका कलाकारहरू आउने भएका छन् । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा लोकदोहोरी गायक खाँण लगायतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने महोत्सव मूल आयोजक समितिका संयोजक अजय बुढाथोकीले जानकारी दिए ।
बुधबार चर्चित गायक हेमन्त शर्मा, चौधरी गायिका रचना चौधरी लगायत कलाकारहरू प्रस्तुती राखेका मूल आयोजक समितिले बताएको छ । स्थानीय स्तरमा सञ्चालन हुन लागेको प्रथम महोत्सव सफल पार्न सबैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मूल आयोजक समितिले सबैमा आग्रह गरेको छ । यस्तै महोत्सवमा दिनदिनै दर्शकहरू बढ्दै गइरहेको समेत आयोजकले जनाएको छ । मङ्लबार झै बुधबार पनि उल्लेखनीय रुपमा दर्शकहरू आएको आयोजकले जनाएको छ ।