प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तेस्रो दिन ५ हजार बढिले गरे अवलोकन
1 min read

प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तेस्रो दिन ५ हजार बढिले गरे अवलोकन

दाङ : गत पुस २८ गतेदेखि दंगीशरण गाउँपालिका ६ ठन्डी बजारमा सञ्चालित प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तेस्रो दिन ५ हजार बढिले अवलोकन गरेका छन् ।

  महोत्सवमा  मङ्गलबार ५ हजार बढिले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक अजय बुढाथोकीले जानकारी दिए  । 

उनका अनुसार  १० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उद्यान, डुङ्गा ,स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति  स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरू सहितको स्टलहरू  रहेका छन ।

मेलामा प्रवेश शुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएको छ ।

मङ्गलवार चर्चित गायक हेमन्त शर्मा, चौधरी गायिका रचना चौधरी लगायतका कलाकारहरूको प्रस्तुती रहने मूल आयोजक समितिले बताएको छ ।स्थानीय स्तरमा सञ्चालन हुन लागेको प्रथम महोत्सव सफल पार्न सबैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्‍याइदिन महोत्सव मूल आयोजक समितिले सबैमा  आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *