आज बाट सुरु भयो प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१
1 min read

आज बाट सुरु भयो प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१

दाङ, २८ पुष । प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को आइतबार दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी द्वारा  उद्घाटन गरीयको छ  । पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको गाउँपालिका अध्यक्ष शम्भु गिरीले पानसमा दियो बालि महोत्सवको उद्घाटन गरेका हुन । दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि फ्रेन्ड्स स्केट जोन प्रा.लि ले महोत्सवको आयोना गरेकोछ ।

महोत्सवको उद्घाटनगर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पहिलो पटक दंगीशरणको ठन्डि बजारमा संचालन भएको कृषी पर्यटन तथा  ब्यापारीक महोत्सव सफल बनाउन  सबैमा आग्रह गरेका छन  । गाउँपालिकाका कृषि पर्यटन तथा ऐतिहासिक ठाउँहरुको प्रचारप्रसारले पनि गाउँपालिकाको समग्र बिकाशमा टेवा पुर्याउने अध्यक्षले बताए ।

यस्तै महोत्सव उद्घाटन समारोहका बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले पहिलो पटक आफ्नो गाउँठाउँमा लाग्न लागेको महोत्सवले समग्र दंगीशरणको कृषि र पर्यटनमा सहयोग पुग्ने बताइन ।

१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु रहनेछ्न । मेलामा प्रबेश सुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएकोछ । सोमबार भोलि चर्चित गाएक कृष क्षेत्री,आर जे रासकोटि,लगायतका थुप्रै कलाकारको उपस्थिति रहने मुलआयोजक समितिले बताएको छ । स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफलपार्न सवैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितीले सवैमा आग्रह गरेकोछ ।

महोत्सव उद्घाटन महोत्सव मुल आयोजक समितीका सयोजक अजय बुढाथोकिको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा महोत्सवको उद्घाटन गरीएकोहो । उद्घाटन समारोहम बिभिन्न झाकि र्यालि तथा थारु नृत्य सहित बिधालयका बिद्यार्थीहरुको उत्कृष्ट प्रस्तुति सङ्गै बिभिन्न नृत्याङ्गनाहरुको नृत्यसमेत प्रस्तुत गरीएकोथियो । मितेरी युवा कलबका कार्यबाहक अध्यक्ष धनराज रोकाको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमको सहजीकरण संचारकर्मि एच.आर. मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *