वडा अध्यक्ष शाहले गरे नाएक पल शाहलाइ सम्मान
कोरोना काल मा P.H.C बागरलाइ पुर्याएको योगदानको कदर गर्दै वडा अध्यक्ष शाहले नाएक पल शाहलाइ आज सम्मान गरेकाछन ।

दंगीशरण गाउँपालिका वडा न ६ बागरको ठन्डिबजारमा जारी प्रथम दंगीशरण कृषि,पर्यटन तथा ब्यापारीक महोत्सवमा आफ्नो प्रस्तुती दीन दाङ् आयका नायक पल शाहा लाई सोही कार्यक्रम मा सम्मान गरीयको हो ।
पल शाह लाइ स्वागत तथा सम्मान गर्दै दंगीशरण ६ का वडा अध्यक्ष तथा सामाजिक विकाश समितीका सयोजक रोशन जङ्ग शाहले साविक प्राथमिक स्वास्थ्यकेन्द्र बागरलाइ कोरोना महामारीका बेला नाएक पल शाहले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै प्रमुख अतिथि केशव अचार्य र वडा अध्यक्ष शाहले सम्मानपत्र प्रदान गरेकाथिय ।

बुधबारको कार्यक्रममा नेपालि काङ्ग्रेस दाङका अग्रज नेता केशव आचार्यको प्रमुख आथित्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिस्ट आथित्यता रहेकोथियो । आजको कार्यक्रम मा ५ हजार बढी दर्शकहरुले अबलोकन गरेको आयोजक ले जानकारी दीयको छ । कार्यक्रम मा नायक पल शाहा ,कलाकार गोबिन्द मधुर आचार्य,नबिन वलि लगायतले आफ्नो प्रस्तुति राखेकाथिए भने भोली गाईका ज्योती मगर को प्रस्तुती रहने आयोजक ले जानकारी दीयको छ ।


