सेवा प्रतीस्ठान नेपाल द्वारा बालबालिकाहरु लाई पोसिलो आहारा वितरण
तुलसीपुर १६- दाङ
तुलसीपुर उपमहानगरपालिका वडा न. १३ मा बालबालिकाहरु लाई पोसिलो आहारा वितरण गरिएको छ । अजरवैजान दूतावासको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका को सहकार्यमा पोसिलो आहारा बितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

२ वर्ष मुनिका विभिन्न कारणले कुपोषण भएका बालबालिकाहरु र उनिहरुको आमाहरुलाइ उक्त पोषण युक्त सामाग्री गरिए को थियो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा न. १३ का स्वास्थ्य चौकी इन्चार्ज यज्ञ बहादुर डाँगीले उक्त कार्यक्रम तथा पोसिलो आहाराको महत्त्वको बारेमा उपस्थिति सम्पुर्ण बालबालिकाका आमाहरुलाई प्रष्ट पार्नु भएको थियो । साथै उहाले स्थानीय सरकारले गर्नु पर्ने काम एउटा संस्था आएर गरेको भन्दै उच्च मुल्यांकनका साथ धन्यवाद समेत प्रदान गर्नु भएको थियो ।
सो अवसरमा स्वास्थ्य स्वयंसेविका बुद्धी वालिका बस्नेतले पनि आफुहरु यस्ता काममा सधै लागिपर्ने भएकाले सधै यस्तै किसिमका सहयोग गरिरहन अनुरोध गरेकी छन । आफू यश वडाको स्वस्थ्य स्वयंसेविका भएको नाताले उक्त आहारा कसरी सहि तरिकाले आफ्नो बालबालिकालाई खुवाउने कसरी अन्य पोसिलो खाना बनाउने, पकाउने र कति मात्रामा खुवाने भनेर जानकारी समेत गराएकी थिइन भने केही समस्या जति बेला पनि आफू संग निर्धक्क संग भन्न समेत अनुरोध गरेकी थिइन ।

उक्त कार्यक्रममा संस्थाको तर्फ बाट संस्थाका कोषाध्यक्ष प्रकाश के.सी. त्यस्तै कर्मचारी आशिष कार्कीले आ-आफ्नो महत्त्वपूर्ण सुझाब तथा भनाइहरु राख्नु भएको थियो भने उक्त कार्यक्रमको सन्चालन संस्थाकि महासचिव केउलापति चौधरीले गर्नु भएको थियो ।
