तुलसीपुरमा फागुन १ गते देखि महोत्सव संचालन हुने
1 min read

तुलसीपुरमा फागुन १ गते देखि महोत्सव संचालन हुने

दाङ २० तुलसीपुर

दाङको तुलसीपुरमा चेम्बर अफ कमर्सको आयोजनामा आगामी फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो । चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन प्रबर्द्धन र कला संस्कृति संरक्षणका लागि आगामी फागुन १ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने जानकारी गराएको छ । तुलसीपुर चेम्बर अफ कमर्स का अध्यक्ष ऋषिराज भण्डारीले चेम्बरको आफ्नै भवन निर्माणार्थ आगामी फागुनमा महोत्सव लगाउन लागिएको बताए । महोत्सव तुलसीपुर–६ घोराहीरोड देखि उत्तरतर्फ रहेको मैदानमा संचालन हुन लागेको हो ।

स्थानीय वस्तुको बजारीकरण, पर्यटकीयस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गर्न लागिएको उन्ले बताए ।  अध्यक्ष भण्डारीका अनुसार महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने छ ।  यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकीय स्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बालउद्यान रहने आयोजकले जनाएको छ । 

महोत्सवमा प्रवेशका लागि सर्बसाधारण लाइ रु १०० रुपैँयाको टिकट लाग्ने छ भने ७० वर्ष माथिका जेष्ठ नागरिकहरु लाइ  निशुल्क प्रवेश पाउने र विद्यार्थीहरु लाई रु ५० रुपैया तोकिएको महोत्सव आयोजकले जानकारी दिएका छन्  । चेम्बरले तुलसीपुर उपमहानगरपालिका लाई २५ लाख राजश्व बुझाएर महोत्सव संचालनको अनुमति लिएको हो । महोत्सवमा स्थानीय व्यवसायी लाई २० प्रतिशत छुटमा स्टल प्रदान गरिने भएको छ ।  तुलसीपुर उपमहानगरपालिकाले आगामी दिनमा कुनै पनि संघसस्थाले लगाउने  महोत्सवलाइ संचालन अनुमतिका लागि लिने राजश्वमा कमि नगराउन हुन समेत अध्यक्ष भण्डारीले अनुरोध गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव दुर्गा प्रसाद शर्माले गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष टोप बहादुर घर्ती लगायतकाले धारणाअ राखेका थिए  भने पत्रकारहरुले महोत्सवको बारेमा जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *