ज्योतिपुन्जमा वैदिक विधि अनुसार बालबालिकालाई अक्षरारम्भ
1 min read

ज्योतिपुन्जमा वैदिक विधि अनुसार बालबालिकालाई अक्षरारम्भ

दाङ, माघ २१। दाङको घोराही उपमहानगर वडा न २ रामपुरमा रहेको ज्योतिपुन्ज मोडेल इङलिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ । सरस्वती पूजाको अवसर पारेर आज सोमबार नवनिर्मित सरस्वती मन्दिरमा सरस्वती देविको मूर्तिको प्राणप्रतिष्ठा सहित वैदिक विधि अनुसार पूजापाठ गरि मन्दिरमा पूजापाठको शुभारम्भ गरिएको छ ।

ज्योतिपुन्ज मोडेल स्कुलभित्र मिनि हरियाली पार्कसगै सरस्वती मन्दिर स्थापना गरिएको र सरस्वती मन्दिरमा विद्यार्थीहरुलाई पूजा गर्ने ब्यवस्था मिलाइने ज्योतिपुन्ज एजुकेसन ग्रुपमा प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । पढाइलेखाइसगै विद्यार्थीलाई आफ्नो सस्कार, नियमित पूजापाठ लगायतका बानी सिकाउने गरि मन्दिरमा पूजापाठको ब्यवस्था मिलाउने गरि काम गारिने विद्यालयका प्रीन्सिपल शिव भण्डारीले जानकारी दिनुभयो ।
यसैबीच सरस्वती पूजाको अवसर पारेर वैदिक विधि अनुसार ज्योतिपुन्ज मोडेल रामपुर र ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालय घोराहीमा बालबालिकाहरु अक्षरारम्भ गराइएको ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालयका प्रीन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।
दुवै स्कुलमा आज सोमबार विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितिमा सरस्वती पूजा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *