प्रधानमन्त्रीले भोलि लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने
दाङ : लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेगरी बैठक बस्ने कार्यसूची तयार भएको छ ।

प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए । प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन पछी घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
