बालवालिकालाई पोसिलो आहारा वितरण वितरण
1 min read

बालवालिकालाई पोसिलो आहारा वितरण वितरण

 तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका वार्ड न. ११ स्वास्थ्य चौकीको सहकार्य तथा अजरवैजान एम्बेसीको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजनामा “बालवालिकालाई पोसिलो आहारा वितरण वितरण” कार्यक्रम तुलसीपुर ११मा सम्पन्न गरिएको छ । 

उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष श्री प्रभा परियार ज्यू अध्यक्षता एवं सेवा प्रतिष्ठान नेपालको अध्यक्ष सन्तोष के.सी. को प्रमुख आथित्यमा वडा नम्बर ११का ३३ जना बालबालिकाहरुलाइ पोषिलो खाना वितरण गरिएको हो । माघ २०८१ मा समुदायमा सञ्चालन गरिएको पोषण अवस्था अध्ययनको प्रतिवेदन अनुसार ६ महिना देखि २४ महिना भित्रका बच्चा हरुमा ८ प्रतिशतमा मध्यम शीघ्र कुपोषण रहेको छ ।

सोही तथ्याङ्क लाई आधार मानी ३३ जना बालबालिका लाई यो समाग्री वितरण गरिएको हो । सेवा प्रतिष्ठान नेपालको पदाधिकारी र कर्मचारीको सहजीकरणमा आमाहरुलाई पोषण परामर्श सँगै हाम्रो खाना र व्यवहार परिवर्तन सम्बन्धी प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन जन स्वास्थ्य निरीक्षक श्री शेर बहादुर वि सी ले गर्नुभएको थियो र वडा स्तरीय प्रतिवेदन स्वास्थ्य चौकी प्रमुख चित्र बहादुर ओली ले प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *