शनिबारको महोत्सव हाउस फुल ,चक्र बम र सम्झना भण्डारीले नचाय दर्शक
दाङ, १० फागुन । तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक चक्र बम र गायिका सम्झना भण्डारीको दमदार प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । शनिबारको महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो । दर्शकले खचाखच भरिएको महोत्सवमा लोकप्रिय कलाकारहरूले आफ्नो हिट गीत गाउँ रौनकता छाएको थियो । चक्र बमले ‘ओय काजल’ लगायतका गीतहरू गाएर माहोल तताए भने सम्झना भण्डारीले ‘घाँसै काट्यो खोलि दोभान’ जस्ता गीत प्रस्तुत गरी दर्शकलाई नचाए ।
यस्तै हाँस्य कलाकार कमल गाउले, गायक रोशन रतगैया, टंक खड्का, दीपक वली तथा नृत्यांगना आरुसी मगर रोशन रत्गैँया, रजिना परियार लगायतको प्रस्तुति रहेको थियो । साँझ परिसक्दा समेत कार्यक्रम अवधिभर दर्शकहरूको उत्साहजनक सहभागीता रहेको थियो । महोत्सवमा भोलि चर्चित गायिक शान्ति श्री परियार, अर्जुन सापकोटा, कुल बहादुर वली आउने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए । ‘महोत्सवमा शनिबार पनि दर्शकको उल्लेख्य सहभागीता रह्यो ।’ उनले भने–‘आइतबार पनि चर्चित कलाकारको प्रस्तुति रहनेछ, त्यसकारण दर्शकको संख्यामा कमी आउने छैन ।

तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा जारी महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो । महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न सबैमा आग्रह गरेका छन् ।
