तुलसीपुरमा  रेडमी a5 को नयाँ मोडेल लन्च
1 min read

तुलसीपुरमा रेडमी a5 को नयाँ मोडेल लन्च

दाङ, तुलसीपुर  रेडमी a5 को नयाँ मोडेलको  मोबाइल तुलसीपुरमापनि लन्च भएको छ। Xiaomi Nepal ले लन्च गरेको रेडमी a5 तुलसीपुरमापनी मा कालीका मोबाइल प्रा.ली ले एक कार्यक्रमको आयोजना गरी मंगलबार  लन्च गरेको छ।

तुलसीपुर, सल्यान ,रुकुमका आधिकारिक विक्रेता तथा मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओलीको अध्यक्षता एवं तुलसीपुर मोबाइल व्यवसायी संघका अध्यक्ष थुमन विश्वकर्माको प्रमुख आतिथ्यतामा लन्च भएको हो ।

निवर्तमान अध्यक्ष सुरज भण्डारी, मोबाइल व्यवसायी समितिका सल्लाहकार मोहन सुनारले शुभकामना व्यक्त गर्नुभएको थियो।

मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र ओलीले रेडमी a5 आकर्षक र अद्वितीय विशेषता रहेको बताउनुभयो । स्पष्ट तस्बिरहरू उपलब्ध गराउने क्षमता, लामो ब्याट्री जीवन, सहज सञ्चालन, आकर्षक डिजाइन रहेको ओलीले बताउनुभयो ।
जसमा नयाँ लन्च भएको A5 मोबाइलको ३/६४ १०९९ ९ र४/१२८ ११९९९ आकर्षक मूल्य रहेको जानकारी गराउनुभयो । तुलसीपुर, रुकुम, सल्यानका सम्पूर्ण मोबाइल पसलहरूमा उपलब्ध भइसकेको मा  कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओली जानकारी दिनुभयो । मोबाइल फिचरको बारेमा कम्पनी प्रतिनिधि विवेक गुप्ता जानकारी दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *