नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु
1 min read

नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु

८ वैशाख । नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको सोमबार दिउँसो गोली लागी मृत्यु भएको हो।

आचार्य आफ्नै घरको सुत्ने कोठामा गोली लागेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आचार्यको छातीमा १२ बोरको दुई नाले बन्दुकबाट गोली लागेको अवस्थामा शव फेला परेको हो।

घटनाको प्रारम्भिक अनुसन्धानबाट मृतकले आफैले गोली हानेको हुन सक्ने प्रहरीको आशंका छ। तर घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल सिहं ठकुरीले जानकारी दिए । कोठामा गाेली लागेको अबस्थामा भेटिएपछि परिवारका सदस्यले सोमबार अपरान्ह ४ बजे  प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार बन्दुक वैध हो वा अवैध भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *