तुलसीपुरमा पहिलो पटक बेकरी सम्बन्धी सीप सिकाउने स्कुल
1 min read

तुलसीपुरमा पहिलो पटक बेकरी सम्बन्धी सीप सिकाउने स्कुल

दाङ्को  तुलसीपुरमा पहिलो पटक बेकरी सम्बन्धी सीप सिकाउने स्कुल खुलेको छ । स्कुलको सोमबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीले उद्‌घाटन गरेका हुन । तुलसीपुरको ‘ख’ लाइनमा स्थापना गरिएको स्कुलको उद्‌घाटन पछि अध्यक्ष केसीले पहिलो पटक तुलसीपुरमा बेकरी सम्बन्धी सीप सिकाउन स्कुल खेलेकोमा खुसी व्यक्त गरेका थिए । स्कुलबाट धेरै सर्वसाधारणले बेकरी सम्बन्धी ज्ञान सीप सिक्ने र भविष्यमा त्यसबाट उद्यमशीलता विकास हुने अध्यक्ष केसीले विश्वास गरे ।

‘रानी स्कील स्कुल ’ नामक संस्था तुलसीपुरमा ‘रानी केक’ उत्पादन गर्दै आएको समुहले खोलेको सञ्चालक दीपक काफ्लेले बताए । यो ग्रुपमा आकास भण्डारी, निरज बस्याल लगायतको लगानी रहेको छ । काफ्लेका अनुसार बेकरी सम्बन्धी ४५ दिने तालिम लिन इच्छुकलाई मासिक ३० हजारमा सिकाइने बताए । त्यस्तै उनले सीप सिक्ने चाहने एकल महिला लगायतको हकका छात्रवृत्ति प्रदान गरिने बताए । दश जनालाई निशुल्क रुपमा छात्रवृत्ति प्रदान गरिने सञ्चालक काफ्लेले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *