भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको उद्घाटन
1 min read

भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको उद्घाटन

तुलसीपुर, जेठ १८ । दाङको तुलसीपुर उपमहनगरपालिका वडा नं. १४ स्थित भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको आइतबार उद्घाटन भएको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पुलको उद्घाटन गरेका हुन । पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. ३ (१) बाट निर्वाचित सांसद चौधरीले बिगतमा आँफु सामाजिक क्षेत्रमा क्रियाशिल रहँदा बर्षा र बबइका कारण कारण हालका तुलसीपुर, १४,१५ मा निकै सास्ति खेप्नु परेको बताएका थिए ।

बर्षाको समयमा आउजाउ नै बन्द हुने र खोला नदीले घेर्दा टापु जस्ता बन्ने ती क्षेत्रको बिकास पुल नभइ हुँदैन भन्ने ठानेर ग्वाल खोला लगाएत बबइका बिभिन्न ठाउँमा पुल निर्माणमा आँफुले पहल गरेको पूर्व मूख्यमन्त्री चौधरीले बताएका थिए । बबई तरेर गएपनि बर्षामा ग्वारखोलाले बगाउँछ कि भन्ने त्रास उत्तिकै हुन्थ्यो,’ उनले भने ‘ ग्वारखोला र मटेरामा पुल बनाएपछि अहिले बर्षामा पनि ढुक्कले यात्रा गर्न सहज भएको छ । त्यतिखेर आँफुले तुलसीपुरबाट छिरिसकेपछि रिङरोड टाइपको होस भन्ने हेतुले ग्वारखोलादेखि बबइमा पुलहरु निर्माण गरेको चौधरीले बताए । ‘तुलसीपुरबाट ग्वारखोला हुँदै बबई वा भोजपुर छिरिसकेपछि एकै चोटी मानपुर निस्कने बाटोहरु होस भन्ने सोचले काम भएको हो,’ उनले भने ‘ त्यसरी कल्पना गरेर ठूला तीन वटा पुल वडा नं. १४ र १५ मा निर्माण गरिएका हुन । बिगतमा धेरै मानिसहरुले आँफुलाई माथि नबनाएर तल किन पुल बनाएको ? भनेर प्रश्न गरेपनि पछि माथिपनि पुल बनेपछि उनीहरुले बुझेर आँफुलाई धन्यबाद दिने गरेको नेता चौधरीले बताए । तल नबनाएर माथि किन बनाएको यो थारुको आँखा फुटेको छ क्या हो पनि भन्ने गर्थे,’ चौधरीले भने ‘ तर, मैले भन्ने गर्थे एका बिहानै गाउँबाट बजारमा दूध बच्न जाने दिदी बिहनीहरु, बिद्यालय आउ जाउ गर्ने बिद्यार्थीका लागि सोचेर पहिले तल बबइमा पुल बनाइएको हो । पछिल्लो समय ग्वारखोलामा मात्रै तीन वटा पुलहरु निर्माण भएको हुँदा आज यातायात सहज भएको उनले बताए । २०७० सालमा बबइमा आएको ठूलो बाढीले गरेको क्षति पछि बबइले पुर्याएको क्षति भएका ठाउँहरु सबै नापेर तटबन्ध गर्ने काम सुरु भएको उनले बताए ।

त्यसबाट ढकनादेखि लुहाडबरासम्म तटबन्ध गर्नु पर्छ भन्ने देखिएपछि सोही अनुरुप काम भएको उनले बताए । बबइलाई कसरी सुरक्षित गर्ने भन्ने योजनाका साथ काम भएको हुँदा केही स्थानमा गर्न बाँकी ठाउँहरुमा अझैंपनि काम हुने जानकारी दिए । पहिले राप्तीमा मात्रै जनताको तटबन्धनले हर्ने गरेपनि आँफहरुकै रणनीतिक प्रयासले अहिले बबइलाई पनि जनताको तटबन्धनले हेर्ने गरेको काँग्रेस नेता चौधरीले बताए । त्यसमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको पनि ठूलो हात रहेको चौधरीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर – १४ का वडाध्यक्ष शंकर खड्काले झोलुङ्गे पुल निर्माण भएपछि अब स्थानीयलाई बर्षाको समयमा भोजपुर र बाँकी आउजाउ गर्न कुनै समस्या नहुने बताए । ‘ बर्षामा बाँकी र भोजपुरको सम्बन्ध लगभग बिच्छेद हुन पुग्थ्यो,’ खड्काले भने ‘ बर्षामा बिद्यार्थी भोजपुर स्कूल पढ्न आउन सक्दैन थिए, सेवाग्राहीपनि वडा कार्यालय आउन सक्दैन थिए ।’ बबई पारी जम्मा १२ घर परिवार बस्ने बाँकीमा बिद्यालय नभएको हुँदा त्यहाँका बिद्यार्थी भोजपुर माविमा पढ्न आउने गर्छन । कित जंगलै जंगलको बाटो एक घन्टा हिडेर बिद्यार्थी माथि बिद्यालय नजिकैको पुलबाट भोजपुर माविमा आउनु पथ्र्यौ हैन भने बर्षामा बिद्यालय जान सक्ने अवस्था थिएन । झोलुङ्गे पुल बनेपछि अब निधक्क बर्षामा पनि बाँकी बासीले यात्रा गर्न पाउने आशा वडाध्यक्षले ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै झोलुङ्गे पुल निर्माण गर्ने संस्था सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. नहकुल केसीले साढे चार बर्ष पहिले नै भोजपुर र बाँकीको बीचमा पुल निर्माणको लागि सर्भे भएपनि नगरपालिकाबाट उपलब्ध हुने १३ प्रतिसत बजेट अभावले डेढ बर्ष ढिला हुन पुगेको भएपनि पुल निर्माण भएपछि स्थानीयले बिगतमा भोग्दै आएको दुःख अन्त्य हुने विश्वास गरे । एक करोड बढीमा निर्मित पुल अब बाँकीको बिकासमा महत्वपूर्ण बिकासको खुड्किलो हुने केसीले आशा ब्यक्त गरे । केसीले पनि पूर्व मुख्यमन्त्री चौधरीलाई हाल जिल्लामा सबै भन्दा बिकास प्रेमी नेताको संज्ञा दिएका थिए ।

नेपाली काँग्रेसका प्रदेश प्रतिनिधि चुर्णबहादुर चौधरीले बिकासको महत्वपूृर्ण खुड्किलो मानिने पुल निर्माण भएपछि बर्षामा बाँकी बासीले बबईमा आउने बाढीका कारण झेल्नु पर्ने सास्ती समाप्त भएको बताए । ‘अब बाँकीका बिद्यार्थीले बिगतमा जस्तो बर्षामा पढाइ छोड्नु पर्ने छैन र दुःख बिरामी हुँदा पीडा सहँदै तड्पिएर रुँदै बस्नु पर्ने छैन,’ चौधरीले भने ‘ यो पुलले अब बाँकी बासीको जीवन सहज मात्रै बनाउने छैन जीविकोपार्जन पनि सहज बनाउने छ ।’ झोलुङ्गेपुल निर्माण समितिका अध्यक्ष बमबहादुर गिरीको अध्यक्षता र पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा स्वागत यज्ञबहादुर घर्तीले गरेका थिए । कार्यक्रमको सहजीकरण धनिराम चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *