मोटरसाइकल दुर्घटनामा घाइतेभयका साथीको हत्या आरोपमा ४ जना पक्राउ
1 min read

मोटरसाइकल दुर्घटनामा घाइतेभयका साथीको हत्या आरोपमा ४ जना पक्राउ

दाङ, ११ असार । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–६ का २३ वर्षीय शंकर बिसीको मेलाबाट घर फर्कने क्रममा घाइते भएपछि हत्या गरिएको रहस्य खुलेको छ । शंकर गत जेठ १९ गते राति वनगाड कुपिण्डे–४ मा लागेको मेलाबाट घर फर्किंदै गर्दा मोटरसाइकल दुर्घटनामा घाइते भएको हुनुभएको थियो । तर उपचारको सट्टा उहाँ चार जना साथीले जंगलमा लगेर झुण्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २७ वर्षीय साजन बिसी, २६ वर्षीय राजु बुढा क्षेत्री, २१ वर्षीय सोमराज केसी र २१ वर्षका दिपक रावतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले शंकर बिसीलाई कुवाखोलाको जंगल क्षेत्रमा लगेर झुन्ड्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । जेठ २० गते दिउँसो कुवाखोलाको जंगलमा झुण्डिएको अवस्थामा शंकरको शव फेला परेको थियो ।

परिवारले शंकर घर नफर्किएको भन्दै प्रहरीमा खबर गरेपछि खोजी गर्दा शव भेटिएको हो । पोष्टमार्टम रिपोर्टले आत्महत्या नभई हत्या भएको पुष्टि गरेपछि प्रहरी अनुसन्धान अघि बढाइएको थियो । प्रहरीले प्रहरीले पक्राउ परेकाहरुलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *